• २०८१ बैशाख ७ शुक्रबार

अभिनेत्री शिल्पा अदालतमा हाजिर, साधारण तारेख छोड्न आदेश 

kharibot

काठमाडौँ । जिल्ला अदालतले बहुविवाहको मुद्दामा नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

बहुविवाहको मुद्दामा फरार रहेकी शिल्पा शुक्रबार जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी हुन् । शुक्रबारै उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

निर्माता छविराज ओझाकी पहिलो पत्नी हिमा ओझाले छवि र शिल्पाविरुद्ध दिएको बहुविवाहको उजुरी दिएकी थिइन् ।

उनीहरुविरुद्ध महिला सेल, कालिमाटीले साउन ८ गते पक्राउ पूर्जी जारी गरेको थियो ।

छवि ओझा र हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भइसकेको देखिएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ । 

पुर्जीविरुद्ध सर्वोच्चमा पुगेकी शिल्पा सर्वोच्चले मंगलबार मुद्दा खारेज गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै