• २०८१ बैशाख ११ मंगलबार

बंगलादेशविरुद्ध मयंक अग्रवालको दोहोरो शतक, भारत बलियो अवस्थामा

kharibot

काठमाडौँ । भारतीय ब्याट्सम्यान मयंक अग्रवालले बंगलादेशविरुद्धको टेस्टमा दोहोरो शतक प्रहार गरेका छन् ।

खेलको दोस्रो दिन अग्रवालले २४३ रन बनाउदै आफ्नो क्यारियरको दोस्रो दोहोरो शतक बनाएका हुन् । अग्रवालले आफ्नो आठौ टेस्टको १२औ इनिंगमा दोस्रो दोहोरो शतक बनाएका हुन् ।

यस अघि भारतका बिनोद काम्लीले ५ इनिंगमा दोस्रो दोहोरो शतक बनाएका थिए भने अस्ट्रेलियाका महान क्रिकेट सर डन ब्रेडम्यानले १३ इनिंगमा दोस्रो दोहोरो शतक बनाएका थिए ।

भारतले खेलको दोस्रो दिन सकिदा ६ विकेट गुमाएर ४९३ रन बनाएको छ । भारतका लागि मयंकको २४३ का अलावा आजिख्य रहानेले ८६ रन बनाए भने रविन्द्र जड़ेजा ६० रन बनाएर खेलिरहेका छन् । त्यस्तै चैतेश्वर पुजारा ५४ रन बनाएर आउट भए भने उमेश यादव २५ रन बनाएर खेलिरहेका छन् ।

यस अघि रोहित शर्मा ६ रनमा र कप्तान विराट कोहली शुन्यमा आउट भएका थिए ।

दोस्रो दिनको खेल सकिदा भारत बंगलादेशभन्दा ३४३ रनले अगाडी रहेको छ ।

बंगलादेश पहिलो इनिंगमा १५० रन बनाउदै पहिलो दिन नै अल आउट भएको थियो ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै