• २०८१ बैशाख ७ शुक्रबार

टी-१० लिगमा पारसको डेभ्यु, आबु धाबी र कलन्दर्सबीचको खेल टाई

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले पहिलो पटक विदेशी फ़्रेन्चाइजी लिगमा डेभ्यु गरेका छन् ।

पारसले युएईमा शुक्रबारबाट शुरु भएको टी-१० लिगमा टीम आबु धाबीबाट डेभ्यु गरेका हुन् ।

टिम आबु धाबी आफ्नो पहिलो खेलमा कलन्दर्ससँग बराबरी खेल्न सफल भएको छ ।

आबु धाबीले दिएको १०४ रनको लक्ष्य पछाएको कलन्दर्स १० ओभरमा ३ विकेट गुमाउदै १०३ रन बनाएपछि खेल टाई भएको थियो । खेल टाई भएपछि प्रतियोगिताको नियम अनुसार दुवैले एक-एक अंक बाडेका छन् ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै आबु धाबीले १० ओभरमा ६ विकेट गुमाउदै १०३ रन बनाएको थियो । आबु धाबीका लागि कोरी एन्डरसनले ४३ रन बनाएका थिए भने लुका राइटले २०, निरोशन डिकवेलाले १७ र लेविस ग्रेगोरीले ११ रन बनाएका थिए ।

पारस खड्काले ब्याटिंग गर्दै ३ बलमा ३ रन बनाएका थिए ।

शुक्रबार नै भएका अन्य दुई खेलमा नर्थर्न वारियर्स र दिल्ली बुल्स विजयी भएका छन् ।

अर्का नेपाली खेलाडी सन्दीप लामिछानेको टिम कर्नाटका टुसकर्सले आज दिल्ली बुल्ससँग खेल्दै छ । खेल राती सवा ९ बजे शुरु हुने छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै