• २०८१ बैशाख १३ बिहीबार

सामाजिक सञ्जालबाट बढ्दै छ कमाई

kharibot

काठमाडौँ । सामाजिक सञ्जाललाई मानिसहरु सम्झनाको संगालो मात्र बनाईरहेका छैनन् त्यसलाई नाम र दाम कमाउने माध्यमको रुपमा पनि विकास गरिरहेका छन् । अत्याधिक फलोअर्स हुनेहरु फोटो, भिडियो तथा पोष्टको विभिन्न क्रियाकलाप मार्फत दिनप्रतिदिन धनि हुँदै गईरेहका छन् । 

मार्केटिङ् फर्म आईजेडईएले गरेको एक रिपोर्टको अनुसार इन्स्टाग्रामको स्पोन्सर फोटोको औसत मूल्य पछिल्लो समयमा निकै बढ्दो छ । सन् २०१४ एक स्पोन्सर फोटोको मूल्य एक सय ३४ डलर थियो तर अहिले २०१९ मा त्यसको मूल्य १६ सय ४२ डलर भन्दा बढी छ । 

रिपोर्टको अनुसार पछिल्लो केहि वर्षमा सोसियल मिडियाको प्लेटफर्म मार्फत पैसा कमाउनेको संख्या बढिरहेको छ । बिजनेस इनसाइडरले गरेको अनुसन्धानमा ब्राण्डहरु सोसल मिडियाको पोष्ट, भिडियो, स्टोरी र ब्लगलाई स्पोन्सर गर्न ठुलो रकम पनि तिर्न तयार छन्। 

विज्ञापनको विशेषज्ञ भन्छन्, यस्तो नयाँ ट्रेन्डको कारण विज्ञापनको पारम्परिक तरिका खस्कदो छ । 

सोशल मीडिया मार्केटिङ प्लेटफर्म सोसियलबेकर्सको चीफ एग्जिक्यूटिभ बेन इटजेक भन्छन्, "डिजिटल मार्केटिङ मुखले प्रशंसा गरे जस्तै हो, तर विज्ञापनको दुनियामा डिजिटल मार्केटिङ र पारम्पारिक विज्ञापन माध्यमको मिश्रण बनिरहेको छ ।"

आईजेडईएको रिपोर्टमा फेसबुक, यूट्यूब, इंस्टाग्राम र ब्लग्सको प्रायोजित कन्टेन्टमा अध्ययन गर्दा २०१४ देखि २०१९ को रेटमा वृद्धि भएको छ ।  

यो रेटमा भएको वृद्धिले सोसल मीडियाको माध्यमबाट प्रसिद्ध भएका मानिसहरुलाई पनि फाईदा पुगेको छ । ठुला ठुला सेलिब्रेटीमात्र नभई करीब एक लाख फलोअर्स भएका मानिसहरुले पनि यसको माध्यमबाट राम्रो आम्दानी गरिरहेका छन् । 

रिपोर्टमा इंस्टाग्राममा प्रायोजित तस्वीरको औसत मूल्य सन् २०१८ देखि २०१९ बीच ४४  प्रतिशत बढी छ । एक प्रायोजित ब्लगलाई २००६ मा करीब आठ सय रुपैया लाग्थ्यो तर अहिले २०१९ मा यसको लागि एक लाख ६० हजार सम्म लाग्छ । 

सबसे ज़्यादा वृद्धि यूट्यूब भिडियोमा भएको छ, यसमा करिब चार गुणा बढोत्तरी देखिएको छ । २०१४ मा एउटा प्रायोजित भिडियोको लागि ५० हजार रुपैयासम्म लाग्थ्यो तर अब यसको लागि लगभग आठ लाख रुपैया लाग्ने भएको छ । एउटा फेसबुक स्ट्याटस अपडेटलाई ९ सय जति लाथ्यो तर अहिले ५० हजार पुगेको छ । 

ट्विटरमा भने एक पोस्टको मूल्य लगभग चार हजार रुपैयाबाट बढेर ६० हजार रुपैयासम्म पुगेको छ । ब्लग पोस्टको मूल्य ६० हजारबाट बढेर १ लाखभन्दा बढी पुगेको छ । 

उपभोक्ता क़ानूनको उल्लंघन

पैसा कमाउने उद्धेस्यले मानिस लगातार सोसियल मीडिया माध्यममा जोडिएको हुन्छन् । यसै कारणले पनि अब सिसियल मिडिया साइट्सले प्रयोगकर्तामाथि कडा निगरानी राखेको छ ।

गत महिनामा विज्ञापन अध्ययन प्राधिकरणले खानेकुराको बस्तुको गलत प्रचारप्रासार गरेको कारण तीन जना प्रयोगकर्ताको इंस्टाग्राम पोस्टलाई ब्यान गरेको थियो ।

यो वर्षको सुरुवातमा कम्पिटीशन एन्ड मार्केट्स अथोरिटीले सोसियल मिडियाको माध्यम बाट उपभोक्ता कानूनको उल्लंघन नगर्न चेतावनी दिएको थियो । कतिपय सेलिब्रेटीहरुले आफुले सोसियल मिडियामा पोष्ट गर्ने तरिका फेरेका छन् । जोई सग, गायिका रीटा ओरा र मोडल रोजी हटिङ्गन-व्हाइटली आफ्नो पोष्ट गर्ने तरिका बदल्ने ती १६ सोसियाल मिडिया सेलेब्समा पर्छन् ।

सोसियलबेकर्सको डाटा अनुसार ब्राण्डहरुले गर्ने विज्ञापनको अनुसन्धानमा गत वर्ष प्रायोजित पोस्टको संख्या एक सय ५० प्रतिशतले वृद्धि भएको छ । यस्तो पोष्टहरु ह्यासट्यागको प्रयोग गरेर फैलाएको पाइएको छ । सोसियलबेकर्सले २०२० सम्म सोसियल मिडियाको माध्यमबाट विज्ञापन दिने इन्डस्ट्री दश बिलियन डलर पुग्ने बताएको छ । 

इन्स्टाग्रामले अहिले प्रायोजित पोस्टको लाइक्स नदेखाउने बनाएको छ तर पनि यसले इन्डस्ट्रीमा केहि फरक नपर्ने विशेषज्ञ बताउछन् । 

सोसियलबेकर्सको एग्जिक्यूटिभ बेन इटजेक भन्छन्, "सोसियल मिडियाको मार्फत पैसा  कमाउनेहरु आफ्नो पोष्ट देख्न सक्छन् त्यस्तै ब्राण्डर्स् पनि आफ्नो प्रायोजित पोस्टमा कति इन्गेजमेन्ट भइरहेको छ हेर्न सक्छन् । तर प्रयोगकर्ताहरु कम लाइक भएको पोष्टमा कति  इन्गेज हुन्छन् त्यो हेर्न बाकि छ। "

-बिबिसीबाट

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै