शरिफ उपचारका लागि विदेश प्रयासमा थप जटिलता

खरीबोट

इस्लामाबाद ।  स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ । 

पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहेका थिए । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा थिए ।

पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो ।

तर, यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले नवाज शरिफको यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेको छ । इमरान सरकारले नवाजले करिब सात अर्ब पाकिस्तानी रुपैया अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ । 

सरकारको उक्त आदेशलाई नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले तत्कालै अस्वीकार गरेको छ । नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताएका छन् ।

पिएमएल–एन पार्टीका नेता शाहबाज शरिफले उपचारमा ढिलाई भएर पूर्व प्रधानमन्त्री शरिफलाई तलमाथि केही भएमा त्यसको जिम्मेवारी प्रधानमन्त्री खानले लिनुपर्ने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

शरिफ उपचारका लागि विदेश प्रयासमा थप जटिलता

इस्लामाबाद ।  स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ ।  पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

इस्लामावाद । पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका

पाकिस्तानी अदालतद्वारा पूर्वप्रधानमन्त्री शरिफलाई रिहा गर्न आदेश 

दक्षिण एसिया । एउटा पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई थुनामुक्त गर्ने आदेश गरेको छ । उनी दुई महिनाअघिमात्रै १० वर्षे जेल सजाय भुक्तानीका लागि थुनामा रहेका थिए ।  उनीमाथि भ्रष्टाचारको आरोप

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

पाकिस्तान । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा


z