• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलमा अक्सनबाट २९ विदेशीसहित ७३ खेलाडी छानिने

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिमले आउदो सिजनका लागि खेलाडी रिटेन गर्ने र रिलिज गर्ने प्रक्रिया पुरा गरेका छन् ।

अब आगामी डिसेम्बर १९ मा कोलकोतामा हुने खेलाडी अक्सनका लागि सबै टिमले आफ्नो तयारी गरेका छन् । सबै टिमले कुल ३५ विदेशी खेलाडीसहित १२७ खेलाडी रिटेन गरेका छन् ।

हरेक टिमले बढीमा ८ विदेशी खेलाडीसहित २५ खेलाडीको टिम बनाउन सक्ने नियम रहेको छ । 

अहिलेको स्थिति हेर्दा चेन्नई सुपरकिंग्सले सबैभन्दा धेरै २० खेलाडीलाई रिटेन गरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले १२ खेलाडी रिलिज गरेको छ ।

अब खेलाडी अक्सनमा कुल २९ विदेशी खेलाडीसहित ७३ खेलाडी मात्र अक्सनबाट छानिने छन् ।

 

अब बैंगलोरले डिसेम्बर १९ मा हुने अक्सनमा सर्वाधिक ६ विदेशी खेलाडीसहित १२ खेलाडी किन्न सक्ने भएको छ । जसका लागि बैंगलोरसँग २७ करोड ९० लाख भारतीय रुपैया बाँकी रहेको छ ।

त्यस्तै कोलकोता नाइटराइडर्स र राजस्थान रोयल्सले ४-४ विदेशी खेलाडीसहित ११-११ खेलाडी अक्सनबाट लिने छ ।

त्यस्तै दिल्ली क्यापिटल्सले ५ विदेशी खेलाडीसहित ११ खेलाडी अक्सनबाट लिने छ । 

त्यस्तै किंग इलेभेन पंजावले ४ विदेशीसहित ९ खेलाडी अक्सनबाट लिने छ । त्यसै गरि सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सले २-२ विदेशी खेलाडीसहित ७-७ खेलाडी अक्सनबाट लिने भएका छन् ।

त्यसैगरि चेन्नई सुपरकिंग्सले भने सबैभन्दा कम २ विदेशी खेलाडीसहित ५ खेलाडी अक्सनबाट लिने छ ।

आइपिएलमा ८ फ्रेन्चाईजी टिमले खेलाडीको पारिश्रमिकका लागि हरेक टिमले ८५ करोड खर्च गर्दै छन् जसमा कुल ४ सय ७२ करोड ३५ लाख भारतीय रुपैया हुदै छ ।

जसमा चेन्नईले ७० करोड ४० लाख खर्च गरेको छ भने १४ करोड ६० लाख बाँकी रहेको छ भने मुम्बईको ७१ करोड ९५ लाख खर्च गरेको छ भने १३ करोड ५ लाख बाँकी रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको ६८ करोड खर्च गरेको छ भने १७ करोड बाँकी रहेको छ भने दिल्ली क्यापिटल्सको ५७ करोड १५ लाख खर्च गरेको छ भने २७ करोड ८५ लाख बाँकी रहेको छ ।

त्यस्तै रोयल्स च्यालेन्जर्सको ५७ करोड १० लाख खर्च गरेको छ भने २७ करोड ९० लाख बाँकी रहेको छ भने राजस्थान रोयल्सको ५६ करोड १० लाख खर्च गरेको छ भने २८ करोड ९० लाख बाँकी रहेको छ ।

त्यस्तै कोलकोता नाइटराइडर्सको ४९ करोड ३५ लाख खर्च गरेको छ भने ३५ करोड ६५ लाख बाँकी रहेको छ । 

त्यस्तै किंग्स इलेभेन पंजावले ४२ करोड ३० लाख खर्च गरेको छ भने ४२ करोड ७० लाख बाँकी रहेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै