• २०८१ बैशाख १२ बुधबार

शरदको उत्कृष्ट ब्याटिंगमा हङकङमाथि नेपालको जित

kharibot

काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ कप्स एशिया कपमा नेपालले हङकङमाथि सहज जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले हङकनङलाई ४० रनले पराजित गरेको हो । 

नेपालले दिएको २१८ रनको लक्ष्य पछाएको हङकङ ४५.५ ओभरमा १७७ रन बनाउदा अल आउट भएको थियो ।

हङकङका लागि किन्चित शाहले ५३ रन बनाएका थिए भने हारुन मोहमद अर्शादले २६ रन बनाएका थिए । त्यस्तै अशान अली  र शहिद वासिफले १०-१० रन बनाएका थिए । त्यस्तै एहसान नवाजले अविजित ४४ रन बनाएका छन् । 

नेपाली बलर करण केसी र अविनाश बोहोराले ३-३ विकेट लिएका थिए भने सुशान भारीले २ विकेट लिएका थिए ।

यस अघि नेपालले पहिला ब्याटिंग गर्दै ५० ओभरमा १० विकेट गुमाउदै २१७ रन बनाएको थियो ।

नेपालका लागि शरद भेस्वाकरले सर्वाधिक ८९ रन बनाएका थिए । शरदले १३९ बल खेल्दै ९ चौका प्रहार गर्दै ८९ रन बनाएका थिए ।

त्यस्तै आरिफ सेखले ४२ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३७ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले १५ रन बनाएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा शुन्यमा आउट भएका थिए । त्यस्तै कुशल भुर्तेल एक रनमा पवन सराफ शुन्यमा, करण केसीले ७, सुशान भारीले ६, ललित राजबंशीले १ र अविनाश बोहोराले २ रन बनाएका थिए ।

हङकङका बलर एजाज खानले ३ विकेट लिए भने नसरुल्ला राना र एशान नवाज २-२ विकेट लिएका थिए ।

पहिलो खेलमा भारतविरुद्ध हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हासिल गरेको छ ।

नेपालले अब समुह चरणको अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ ।               
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै