• २०८१ बैशाख ४ मंगलबार

धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म आशिंक बन्द हुने

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेको एक मात्र धनगढी विमानस्थल आइतवार देखि एक महिना सम्म आशिंक रुपमा बन्द हुने भएको छ ।

धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको कामलाई निरन्तरता दिन एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

उनले भने, ‘धावन मार्गमा मर्मत सम्भार र स्तर बृद्धिको काम बाँकी  छ।’, आइतवार तीन देखि ७ बजे सम्म एक महिना बन्द रहने उनले बताए ।

गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभर ले को काम बाँकी रहेकोमा त्यसलाई आइतवार देखि निरन्तरता दिइनलागेको बताइएको छ ।

यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यती बेला काम सम्पन्न नभएको भन्दै फेरी विमानस्थल एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको हो । 

विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् ।

झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै