सन्दकपुर क्षेत्रमा अनेरास्ववियुले गाड्यो नेपालको झण्डा

खरीबोट

काठमाडौँ । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो । 

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । 

अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

नेविसङ्घका कार्यकर्तामाथि अनेरास्ववियु कार्यकर्ताले गरे आक्रमण

काठमाडौँ । नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ। नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको

अनेरास्ववियुद्वारा मेडिकल कलेजहरुलाई सरकारको निर्देशन समयमै पालना गर्न आग्रह

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ। अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित

सन्दकपुर क्षेत्रमा अनेरास्ववियुले गाड्यो नेपालको झण्डा

काठमाडौँ । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु

अनेरास्ववियुद्वारा सीमा विवाद तत्काल समाधान गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले नेपाल र भारतसँगको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार


z