• २०८१ बैशाख ७ शुक्रबार

ए मेरो हजुर-४ मा अनमोल अनुबन्धित 

kharibot

काठमाडौँ । अभिनेता अनमोल केसीले 'ए मेरो हजुर ३' को सफलतापछि ए मेरो हजुरको चौथो संस्करणमा पनि आउने भएका छन् ।

ए मेरो हजुर-३ निर्देशन गरेकी निर्देशक तथा निर्मात्री झरना थापाले ए मेरो हजुर-४ का लागि अनमोलसँग साइन गरेको जानकारी दिएकी छन् ।

ए मेरो हजुर-३ बाट झरनाकी छोरी सुहाना थापाले डेभ्यु गरेकी थिइन् । फिल्ममा उनको कामको निकै प्रसंसा गरिएको थियो ।

अब चौथो संस्करणमा अनमोलको अपोजिट को हुने भन्ने बारे अझै खुलासा नगरिएको भएपनि अनमोलको अपोजिट सुहाना नै हुने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै