• २०८१ बैशाख ७ शुक्रबार

टी-२० खेलमा वेस्टइन्डिजमाथि अफगानिस्तानको शानदार जित

kharibot

काठमाडौँ । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० खेल जितेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले वेस्टइन्डिजलाई ४१ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको वेस्टइन्डिज २० ओभरमा ८ विकेट गुमाएर १०६ रन मात्र बनाएको थियो ।

वेस्टइन्डिजमाथि जित हासिल अग्रने क्रममा अफगानिस्तानका बलर करिम जनतले ५ विकेट लिएका थिए । करिमले ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए ।

त्यस्तै नवीन उल हक, रसिद खान र गुलबदीन नैबले एक एक विकेट लिएका थिए ।

त्यस्तै वेस्टइन्डिजका लागि दिनेस रामदीनले सर्वाधिक २४ रन बनाएका थिए भने एविन लुइसले १४, जासन होल्डरले १३ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग अग्रेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हजर्तुल्लाह जजई र रह्मानुल्ल्हा गुर्बाजले २६-२६ रन बनाएका थिए ।

त्यस्तै गुलबदीन नैबले २४, नाजीबुल्लाह जर्दानले २० रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर केसरिक विलियम्सले ३ विकेट लिए भने जासन होल्डर र किमो पाउलले २-२ विकेट लिएका थिए ।

यो जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल आज हुदै छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै