• २०८१ बैशाख ८ शनिबार

विश्व प्रसिद्ध गढीमाई मेला आजदेखि शुरु हुँदै

kharibot

बारा । प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते अर्थात् आईतवारबाट सुरु हुदै छ ।

विश्व कै बढी बली चढने शक्तिपिठहरु मध्येको पहिलो स्थानमा रहेको गढीमाई मंदिरमा अहिंसावादीहरुले आ–आफ्ना ढंङ्गले बली रोक्ने रोकाउने प्रयास गरे पनि पछिल्ला वर्षमा बलीको संख्यामा बृद्धि हुँदै आएको छ ।

मेलामा आउने भक्तजनहरु मध्ये भारतबाट मात्रै ६५ प्रतिशत आउँने र बली चढाउँनका लागि पशुहरु समेत उनीहरुले नैं बढि ल्याउँने गरेको मेला समितीले जनाएको छ ।

एक गतेबाट सुरु हुन लागेको यो मेलामा मंसिर १७ गते देखी मन्दिर परिसरमा भाकल गरेका परेवाहरु उडाउँने गरिन्छ । १७ गते राति बिधीवत पुजा आरधाना गरे पछि १२ बजे शुभ साईतको समय निकालेर ब्रहम स्थानमा पञ्चवली बोका , मुसा , कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलि पछि सम्पूर्ण राँगाको बली खुल्छ । १८ गते अन्य बली आ–आफ्ना सुविधा अनुसार दिईने मन्दिरका पुजारी मंगल चौधरी थारुले जानकारी दिए ।

अत्याधिक मात्रामा बली हुँने हुँदा राँगाको बली तोकिएको स्थानमा र अन्य पशुको बलि मन्दिर परिसरबाट ९ की.मी.लाई मानिएको छ, भने बली पनि भाकल गर्नेहरुले आँफुलाई पायक पर्नै स्थानमा दिने चलन छ । १७ र १८ गते लाई  वली चडाउँने दिन तोकिएको छ ।

मंदिरका मुल पुजारी मंगल चौधरीका अनुसार मंसिर १७ गते राती १२ बजे पछि नर बली स्वरुप तान्त्रिकले निधार, जिब्रो, कान र छातीबाट एक एक थोपा रगत चढाए पछि बत्ति आँफै प्रज्वोलीत भई बिधिवत तरिकाले कार्यक्रम अगाडी बढ्ने बताए ।

शान्तिपूर्ण रुपमा मेला सम्पन्न गर्नका लागि यात्रुहरुको व्यवस्थालाई सहज बनाउँन आवश्यक्ता अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी र राष्ट्रिय अनुसान्धानलाई खटाएर सुरक्षा मिलाउँने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

भारतको सितामढी बैरगेनीया , घोडासन , आदापुर रक्सौल , नेपालको बिरगंज , कलैया, गौर, पिलुवा लगायतका मार्गबाट सजिलै मेला स्थल पुग्न सकिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै