• २०८१ बैशाख ८ शनिबार

धेरै कर तिर्नेको सुचिमा सुर्य नेपाल अगाडी, व्यक्तिगततर्फ सिद्धार्थ राणा

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ ।

आन्तरिका राजश्व विभागले आठौं कर दिवसका अवसर आइतबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो । 

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । 

विभागले सर्वाधिक कर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन् ।

यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन् । 

मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ । 

व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ । सबैलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानित गरेका थिए ।

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन् । 

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ । 

धेरै कर तिर्नेको सूची

ठूलो करदाता - सुर्य नेपाल प्रा.लि.
निर्यातकर्ता- डाबर नेपाल प्रा.लि.
उद्योग (मदिरा र चुरोटबाहेक) - जगदम्बा स्टिल
कृषि - अन्नपूर्ण एग्रो
सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
बैंक तथा वित्त - राष्ट्रिय वाणिज्य बैंक 
बीमा व्यवसाय - नेपाल लाइफ इन्स्योरेन्स 
स्वास्थ्य शिक्षा - मणिपाल नेपाल
सूचना तथा सञ्चार - वर्ल्ड लिङ्क
व्यापार तथा व्यवसाय- अग्नि इनकर्पोरेट 
व्यक्तिगततर्फ - सिद्धार्थ शमशेर जबरा
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै