• २०८१ बैशाख १२ बुधबार

सामुदायिक संलग्नता तथा जवाफदेहितासम्बन्धी टीकापुरमा रेडक्रसको प्रशिक्षण 

kharibot

कैलाली । सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेशस्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आज मंसीर १ गतेदेखि शुरु भएको छ ।

मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सवै प्रदेश र जिल्लाहरुका रेडक्रसका निकायहरुलाई सचेतना अभियान अन्तरगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रशिक्षण आयोजना गरेको हो । 

प्रशिक्षणमा नेपाल रेडक्रसका कर्णाली र सुदुरपश्चिम प्रदेश समितिहरु, र दुवै प्रदेशभित्र रहेका १९ वटै जिल्ला रेडक्रसका प्रतिनिधिहरु र केन्द्रीय कार्यालयका गरी २४ जना सहभागी छन् ।

आजै विहान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले भने, “ सङ्कटासन्नता वा विपदमा परेका मानिसहरूलाई सहयोगको योजना तर्जुमा तथा सेवा गतिविधिहरुको कार्यान्वयन गर्दा समुदायका मानिसहरूलाई संलग्न गराउने, उनीहरुको आवाज, सवाल र  पृष्ठपोषणप्रति संवेदनशील भई कार्यक्रमलाई अनुकुलित बनाउदै लैजाने तर्फ रेडक्रस संवेदनशील छ ।”  रेडक्रसका गतिविधिमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरुप्रतिको जवाफदेहितालाई सुदृढ गर्न अवलम्बन गरिने रणनीति र न्यूनतम गतिविधिहरुबारे जानकारी गराउन प्रशिक्षणले सहयोग पुर्याउने निर्देशक पौडेलले अपेक्षा गरे ।

फरक–फरक लक्षित समूहहरूका लागि फरक–फरक तरीकाले कार्यक्रम र गतिविधिमा संलग्नता गराउने विधिहरुमा अभ्यास र छलफल गरिने कार्यक्रम रहेको छ ।  

यस अघि प्रदेश नं २ र ३ को धुलिखेलमा तथा गण्डकी र प्रदेश ५ को कास्कीमा यस्तै खालको प्रशिक्षण गरिसकिएको छ । प्रशिक्षणमा बेलायती रेडक्रसको आर्थिक सहयोग रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै