• २०८१ बैशाख ७ शुक्रबार

नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठन बारे छलफल हुने  

kharibot

फाइल तस्बीर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवार अपरान्ह बस्ने भएको छ ।

मन्त्री फेरबदलको चर्चा चलिरहेका बेला नेकपा सचिवालय बस्न लागेको हो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका केही सहयोगी हेरफेरपछि मन्त्रीहरु फेर्ने तयारी थियो । तर एकीकृत पार्टीका आयोगको नेतृत्व टुंग्याएपछि सचिवालय बस्न सकेको थिएन ।

यस अघि बसेको सचिवालयको बैठकले पार्टीका आयोगमा नियुक्ति गरेको थियो भने गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारसहित तीन जना सल्लाहकार नियुक्त गरेको थियो । 

प्रधानमन्त्री ओलीले ६ जना भन्दा धेरै मन्त्री हेरफेरको तयारी गरेको दाबी गरिएको छ । बाहिरिने र भित्रिने मन्त्रीहरुको टुंगो आजको सचिवालय बैठकले लगाउन सक्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै