बर्दियामा ५८ किलो चरेससहित ५ जना पक्राउ

खरीबोट

बर्दिया(गुलरिया) । बर्दियामा सिमा पारि भारत लैजादै गरिएको ५८ किलो चरेससहित ५ जनालाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ गुलरिया बजारको टाँगा स्टेसन निर करिब ८ बजे प्रहरीको दैनिक चेकजाचका क्रममा चरेससहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारले बताए । 

लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई अर्को ठूलो सफलता प्राप्त भएको कोहारले बताए ।  ट्राफिक चेक जाँचका क्रममा कार्तिक ३० गते साँझ बर्दिया प्रहरीले गुलरिया बजारको भन्सार रोडमा चरेस बोकेर हिँडिरहेका ५ जनालाई पक्राउ गरिएको उनले भने ।

५८ किलो चरेस सहित बर्दियामा पक्राउ पर्नेहरुमा  रोलल्पा र पुर्वी रुकुम का ५ जना रहेको कोहारले बताए । पक्राऊ पर्नेमा पूर्वी रुकुम का २६ वर्षीया अस्मिता रामजालीमगर,३४ वर्षीया ठानी मगर, २७ वर्षीया जूनतारा पुन, ३४ वर्षीय रामकुमार पुन र  रोल्पाका २९ खिम प्रसाद रोका रहेका छन्। 

पक्राऊ परेकाहरुबाट ५ थान मोबाइल सेट र नेपाली र भारतिय ३२ हजार नगद समेत फेला परेको र उनीहरूलाई थप आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको नायव उपरीक्षक कोहारले भने।
 

सम्बन्धित समाचार

जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ

लहान । जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी

विप्लव समूहका युवा सचिव पक्राउ

गलकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई

डिएसपी ढुंगेललाई पक्राउको तयारी

काठमाडौं । संगठित आपराधिक गिरोहसँग साँठगाँठको अभियोगमा डिएसपी कुमुद ढुंगेललाई पक्राउ गर्ने तयारी भएको छ । उनीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी भएपछि खोजी भइरहेको बुझिएको छ । आपराधिक गिरोहसँग साँठगाँठ गरेको

हिरासतबाट फरार सात थुनुवामध्ये तीन पक्राउ

लहान । इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा


z