• २०८१ बैशाख ७ शुक्रबार

बर्दियामा ५८ किलो चरेससहित ५ जना पक्राउ

kharibot

बर्दिया(गुलरिया) । बर्दियामा सिमा पारि भारत लैजादै गरिएको ५८ किलो चरेससहित ५ जनालाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ गुलरिया बजारको टाँगा स्टेसन निर करिब ८ बजे प्रहरीको दैनिक चेकजाचका क्रममा चरेससहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारले बताए । 

लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई अर्को ठूलो सफलता प्राप्त भएको कोहारले बताए ।  ट्राफिक चेक जाँचका क्रममा कार्तिक ३० गते साँझ बर्दिया प्रहरीले गुलरिया बजारको भन्सार रोडमा चरेस बोकेर हिँडिरहेका ५ जनालाई पक्राउ गरिएको उनले भने ।

५८ किलो चरेस सहित बर्दियामा पक्राउ पर्नेहरुमा  रोलल्पा र पुर्वी रुकुम का ५ जना रहेको कोहारले बताए । पक्राऊ पर्नेमा पूर्वी रुकुम का २६ वर्षीया अस्मिता रामजालीमगर,३४ वर्षीया ठानी मगर, २७ वर्षीया जूनतारा पुन, ३४ वर्षीय रामकुमार पुन र  रोल्पाका २९ खिम प्रसाद रोका रहेका छन्। 

पक्राऊ परेकाहरुबाट ५ थान मोबाइल सेट र नेपाली र भारतिय ३२ हजार नगद समेत फेला परेको र उनीहरूलाई थप आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको नायव उपरीक्षक कोहारले भने।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै