• २०८१ बैशाख ५ बुधबार

 सभापति देउवाद्वारा दुःख व्यक्त

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

काँग्रेस नेतासमेत रहेका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो।

सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै