• २०८१ बैशाख ११ मंगलबार

सीमा अतिक्रमणको विरोधमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

kharibot

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप गरेको छ।

कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका थिए। उनीहरुले बेलुनमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाएर कालो ब्यानरमा उडाएका थिए। व्यानरमा मोदीलाई नेपालको नक्सा हेर भनेर लेखिएको छ।

विद्यार्थी संघका कर्यकर्ताले माइतीघर मण्डलामा पनि आज विरोध प्रदर्शन गरेका छन्। विरोध कार्यक्रममा  "बालुवाटार र खुलामन्च त जोगाएनौ सरकार हाम्रो सिमा जिगाउन किन ढिला”, “ब्याक अफ इन्डिया” सहितका नाराहरु लेखेको ब्यानर र पर्चा थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै