• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री ओली र सचिन तेन्दुलकरबीच भेट

kharibot

काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकर सँग भेट गरेका छन्। ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा रहेका तेन्दुलकर शुक्रबार नेपाल आएका हुन्। उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए। आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गरेको प्रधानमन्त्री ओलीले बताएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै