नेप्से चार दसमलव ५९ अंकले घट्यो

खरीबोट

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से घटेको छ।

नेप्से आज चार दसमलव ५९ अंकले घटेर ११ सय ३१ दसमलव ३६ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले घटेर दुई सय ४९ दसमलव १३ बिन्दुमा झरेको छ।

एक सय ६३ कम्पनीहरुको पाँच हजार नौ सय ३९ वटा कारोवारमा ११ लाख ६७ हजार छ सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३५ करोड ५१ लाख ५९ हजार सात सय ६८ रुपैयाँ पुगेको छ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन्।

बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर एक हजार ४१ दसमलव ५६ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक एक दसमलव २१ अंकले घटेर १५ सय ४३ दसमलव २५ बिन्दुमा झरेको छ।

जलबिद्युत समुहको सुचक पनि आज १७ दसमलव ३६ अंकले घटेर नौ सय २६ दसमलव ९९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २६ दसमलव ६४ अंकले घटेर चार हजार एक सय ३२ दसमलव २१ बिन्दुमा झरेको छ।

यसैगरी उत्पादनमुलक, जीवन बीमा, होटल, फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन। ट्रेडिङ र अन्य समुहको सुचक भने आज बढेकाछन। 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले बढेर एक हजार ३७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले घटेर चार सय ३३ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्र्रतिकित्त चार सय ३३ रुपैयाँ अन्तिम मुल्यमा चार करोड चार लाख ३४ हजार चार सय ३८ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

साताको पहिलो दिन नै नेप्से सकारात्मक

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से सकारात्मक देखिएको छ। नेप्से आज तीन दसमलव ४५ अंकले बढेर ११ सय ३५ दसमलव ३७ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव

साताको सेयर : नेप्से ११ सय ३१ अंकमा, एक अर्ब ३७ करोडको खरिद बिक्री

काठमाडौ । यो साता नेप्से ११ सय ३१ दसमलव ९२ अंकमा पुगेर पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४८ दसमलव ७७ अंकमा

नेप्से सकारात्मक दिशामा, सबै सुचक बढे

काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै बढेकाछन । आज नेप्से सात दसमलव ४५ अंकले बढेर ११ सय ३१ दसमलव ९२ बिन्दुमा चढ्दा सेन्सिटिभ

दोहोरो अंकले बृद्धिपछि सबै सुचक बढ्दा नेप्सेमा हरियाली

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार नेप्सेमा दोहोरो अंकले बृद्धि देखिएको छ । नेप्से आज आठ दसमलव ७३ अंकले बढेर ११ सय २४ दसमलव ४७ बिन्दुमा चढ्दा सेन्सिटिभ एक


z