• २०८१ बैशाख ७ शुक्रबार

नेप्से चार दसमलव ५९ अंकले घट्यो

kharibot

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से घटेको छ।

नेप्से आज चार दसमलव ५९ अंकले घटेर ११ सय ३१ दसमलव ३६ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले घटेर दुई सय ४९ दसमलव १३ बिन्दुमा झरेको छ।

एक सय ६३ कम्पनीहरुको पाँच हजार नौ सय ३९ वटा कारोवारमा ११ लाख ६७ हजार छ सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३५ करोड ५१ लाख ५९ हजार सात सय ६८ रुपैयाँ पुगेको छ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन्।

बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर एक हजार ४१ दसमलव ५६ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक एक दसमलव २१ अंकले घटेर १५ सय ४३ दसमलव २५ बिन्दुमा झरेको छ।

जलबिद्युत समुहको सुचक पनि आज १७ दसमलव ३६ अंकले घटेर नौ सय २६ दसमलव ९९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २६ दसमलव ६४ अंकले घटेर चार हजार एक सय ३२ दसमलव २१ बिन्दुमा झरेको छ।

यसैगरी उत्पादनमुलक, जीवन बीमा, होटल, फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन। ट्रेडिङ र अन्य समुहको सुचक भने आज बढेकाछन। 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले बढेर एक हजार ३७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले घटेर चार सय ३३ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्र्रतिकित्त चार सय ३३ रुपैयाँ अन्तिम मुल्यमा चार करोड चार लाख ३४ हजार चार सय ३८ रुपैयाँ पुगेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै