रगतको अभाव हुदैन बर्दिया अस्पतालमा

खरीबोट

बर्दिया (गुलरिया) । मधुवन नगरपालिका बडा नं ८ दिलाराम जैसी का बुहारी दिपा जैसीको सुत्केरी हुने क्रममा समस्या भए पछि रगत चाहिने भयो सो गुलरियाका युवाहरुले रगत उपलव्ध गराए पछि उनले युवाहरुलाई धन्यवाद दिए । 
रगतको अभाव युवाहरुको एक समुहले पुरा गरे पछि जैसी दङ्ग परेका थिए । 

युवाहरु एकजुट हुदै भए पछि बर्दियाको गुलरियामा रहेको जिल्ला अस्पतालमा आज-भोलि रगतको अभाव हुनै छोडेको छ । 

गुलरियाका युवाहरुको एक समुहले अस्पतालमा कुनै पनि समस्यामा माग भए अनुसार रगत उपलब्ध गराउने गरिएको छ । 

अस्पतालमा माग गरिएको कुनै पनि समयमा हामीहरुले रगत उपलब्ध गराउदै आइरहेको युवाहरुका एक अगुवा रामबाबु गुप्ताले बताए। रगतको अभाव हुन दिएका छैनौ साथै यो कार्यले सबैको साथ समेत पाएका छौ गुप्ताले भने । 

करिब २ महिना देखि सुरुवात गरिएको हाम्रो युवाहरुको समुहले ५० जना भन्दा बढी लाई रगत उपलव्ध गराइसकिएको ब्लड डोनर्स ग्रुपका एक सदस्य जावेद गद्दीले बताए ।  

निस्वार्थ रुपले सेवा हेतु हामीहरुले रगत दिएर सहयोग गर्न पाउदा आफुहरुलाई एकदमै खुसी छौ जावेदले भने । 

युवाहरुलाई एकिकृत गरेर समुह मार्फत सेवा पनि गर्ने र भोलिका दिन अन्य सामाजिक कार्य पनि गर्ने समेत जावेदले बताए । 

रगत दान गरेर युवाहरुको जुन उदाहरणीय कार्य रहेको छ त्यो एकदमै सराहनीय कार्य भएको र हामी सबै मिलेर युवाहरुको जोस जागरलाई प्रोत्साहन हुने कार्य गर्नु पर्ने निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत) ले बताए ।  
 

सम्बन्धित समाचार

रक्षा मन्त्रालयद्वारा सञ्चालित विकास कार्यक्रममा वित्तीय प्रगति कमजोर

काठमाडौँ । रक्षा मन्त्रालय मातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित

विपद् व्यवस्थापनमा नेपालको प्रगति बुझ्न दक्षिण एशियाका सञ्चारकर्मी राजधानीमा

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माण तथा विपद् व्यवस्थापनमा नेपालले हासिल गरेको प्रगतिबारे जानकारी लिन दक्षिण एशियाली देशका सञ्चारकर्मी राजधानीमा भेला भएका छन्।  मनिलास्थित एशियाली विकास बैंकको प्रधान कार्यालयले एशिया–प्रशान्त क्षेत्रका सञ्चारकर्मीको क्षमता

नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ : सभामुख भण्डारी

विराटनगर । विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने

सिलगढी–झिग्राना सडक तीव्रगतिमा निर्माण हुँदै

डोटी  ।  सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ। उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ। सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि


z