• २०८१ बैशाख ६ बिहीबार

रगतको अभाव हुदैन बर्दिया अस्पतालमा

kharibot

बर्दिया (गुलरिया) । मधुवन नगरपालिका बडा नं ८ दिलाराम जैसी का बुहारी दिपा जैसीको सुत्केरी हुने क्रममा समस्या भए पछि रगत चाहिने भयो सो गुलरियाका युवाहरुले रगत उपलव्ध गराए पछि उनले युवाहरुलाई धन्यवाद दिए । 
रगतको अभाव युवाहरुको एक समुहले पुरा गरे पछि जैसी दङ्ग परेका थिए । 

युवाहरु एकजुट हुदै भए पछि बर्दियाको गुलरियामा रहेको जिल्ला अस्पतालमा आज-भोलि रगतको अभाव हुनै छोडेको छ । 

गुलरियाका युवाहरुको एक समुहले अस्पतालमा कुनै पनि समस्यामा माग भए अनुसार रगत उपलब्ध गराउने गरिएको छ । 

अस्पतालमा माग गरिएको कुनै पनि समयमा हामीहरुले रगत उपलब्ध गराउदै आइरहेको युवाहरुका एक अगुवा रामबाबु गुप्ताले बताए। रगतको अभाव हुन दिएका छैनौ साथै यो कार्यले सबैको साथ समेत पाएका छौ गुप्ताले भने । 

करिब २ महिना देखि सुरुवात गरिएको हाम्रो युवाहरुको समुहले ५० जना भन्दा बढी लाई रगत उपलव्ध गराइसकिएको ब्लड डोनर्स ग्रुपका एक सदस्य जावेद गद्दीले बताए ।  

निस्वार्थ रुपले सेवा हेतु हामीहरुले रगत दिएर सहयोग गर्न पाउदा आफुहरुलाई एकदमै खुसी छौ जावेदले भने । 

युवाहरुलाई एकिकृत गरेर समुह मार्फत सेवा पनि गर्ने र भोलिका दिन अन्य सामाजिक कार्य पनि गर्ने समेत जावेदले बताए । 

रगत दान गरेर युवाहरुको जुन उदाहरणीय कार्य रहेको छ त्यो एकदमै सराहनीय कार्य भएको र हामी सबै मिलेर युवाहरुको जोस जागरलाई प्रोत्साहन हुने कार्य गर्नु पर्ने निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत) ले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै