• २०८१ बैशाख ७ शुक्रबार

चिटिक्क परेर र्याम्प वाकमा पुगिन् रानु मण्डल, सोसियल मिडियामा ट्रोल

kharibot

मेकअप गरेर र्याम्प वाक गर्न पुगेकी रानु मण्डललाई ट्रोलले खिल्ली उडाएका छन्।

रेलवे स्टेसनमा गित गाएर गुजारा गरिरहेकी रानु मण्डलको एक भिडियो भाइरल भएपछि रातारात सुपरस्टार बनेकी थिइन्।

उनको “तेरी मेरी” बोलको गित रिलिज भएको थियो। उक्त गीतमा  फ्यानहरुको राम्रै प्रतिकिया पनि आइरहेको छ ।

केहि दिन अगाडी रानुले एक फ्यान संग गरेको व्यबहारलाई लिएर उनका प्रशंसकले  निकै आलोचना समेत गरेका थिए।

उनि शृंगार गरेर एक पार्टीमा पुगेकी थिइन् र त्यहाँ उनले र्याम्प वाक पनि गरेकी थिइन्। उनको अलग अवतार देखेर सबै जना अचम्ममा परेका थिए। अहिले उनको मेकअप स्टाइलको सबैतिर आलोचना भैरहेको छ।

सोसियल मिडिया सेन्सेसन रानुको मेकअपलाई लिएर मेमे बनेको छ र मानिसहरु उनको मजाक उडाइरहेका छन्।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै