• २०८१ बैशाख ७ शुक्रबार

नाफा कमाउनेमा वाणिज्य बैंक पहिलो, कसले कति कमाए (सुचीसहित) 

kharibot

काठमाडौ । बाँणिज्य बैकहरुको नाफामा उच्च बृद्धि देखिएको छ । बाँणिज्य बैंकहरुले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिवरण अनुसार २८ वटा बाँणिज्य बैंकहरुले यस अवधिमा १६ अर्ब १७ करोड रुपैयाँ खुुद मुनाफा आर्जन गरेकाछन । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुको यस्तो मुनाफा १५ अर्ब २२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो । 

चालु आवको पहिलो त्रैमासिक बित्तीय बिवरण अनुुसार सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकको नाफा सबैभन्दा बढी देखिएको छ । बाँणिज्य बैंकले यस अवधिमा एक अर्ब १२ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

खुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको नबिल बैंकले भने यस अवधिमा एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बिगतमा नबिल बैंक पछाडि खुद मुनाफा बढी कमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक पर्ने गरेको थियो । तर यसपाली भने नेपाल इन्भेष्टमेन्ट बैंकलाई एनआईसी एशिया बैंकले पछाडि धकेलिदिएको छ । एनआईसी एशियाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ९६ लाख रुपैयाँ खुद मुनाफा कमाउँँदा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८४ करोड रुपैयाँमा खुम्चिएको छ । 

यि बाहेक, सिटिजन्स बैंक, इन्टरनेशल लिमिटेड, प्रभु बैंक, प्राईम कर्मसियल बैंक, सेञ्चुरी कर्मसियल बैंक, बैंक अफ काठमाडौ, कृषि बिकास बैंक, ग्लोवल आईएमई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक आदिको नाफा पनि सन्तोषजनक देखिएको छ । 

कुन बैकको नाफा कति हेर्नुहोस तालिका (रकम रु हजारमा)

क्रस    बैंकको नाफा        चालु आवको पहिलो त्रैमास
१    राष्ट्रिय बाँणिज्य बैंक    ११२५५१०.१९    
२    नबिल बैंक        ११२३५८७    
३    एनआईसी एशिया बैंक    १००९६०५.२२    
४    सिटिजन्स बैंक         ३४९१६९
५    प्राईम बैंक        ६५९७६८    
६    लक्ष्मी बैंक        ४०१९४६    
७    कृषि बिकास बैंक    ६०७३४३    
८    एभरेष्ट बैंक        ६९०८६८    
९    स्टान्र्डड चार्टड बैंक    ६४४११२    
१०    एनसीसी बैंक        ३४०३४३    
११    नेपाल एसबिआई बैंक    ४३७२३०.९८    
१२    मेगा बैंक        ४३७४०७.९४    
१३    सानिमा बैंक        ५९३६०२    
१४    ग्लोवल आईएमई बैंक    ७५३१४४    
१५    सनराईज बैंक        ४५४३६७    
१६    नेपाल बैंक        ५८१८२४    
१७    सिद्धार्थ बैंक        ५२१४३९    
१८    जनता बैंक        ३६६९२१    
१९    प्रभुु बैंक        ६२८४६६    
२०    नेपाल बंगलादेश बैंक    ४०२५२०५.५५    
२१    माछापुुच्छे« बैंक        ३७६००५.१४    
२२    सेञ्चुरी कर्मसियल बैंक    ३७०८१५    
२३    नेपाल इन्भेष्टमेन्ट बैंक    ८४४४२१    
२४    एनएमबी बैंक        ८१५१३६    
२५    सिभिल बैंक        १५८९५०    
२६    हिमालयन बैंक        ६९४२२२.१७    
२७    कुमारी बैंक        ४०१९८८.७८    
२८    बैंक अफ काठमाडौ    ३८३७२५.३६    
(श्रोत सम्वन्धीत बैकको पहिलो त्रैमासिक बित्तिय बिवरण) 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै