करिम बेन्जमाले गरे फ्रान्स छोडेर अर्को देशबाट खेल्ने संकेत !

खरीबोट

काठमाडौ । रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जमाले फ्रेन्च फुटबल फेडेरेशनलाई आफुलाई अर्को देशबाट खेल्न स्वीकृति दिन अनुरोध गरेका छन् ।

३१ बर्षिय बेन्जमा फ्रान्सको टिममा नपरेपछि यस्तो अनुरोध गरेका हुन् । फ्रेन्च फुटबल फेडेरेसनलो बेन्जामाको अन्तर्राष्ट्रिय फुटबल क्यारियर सकिएको बताएपछि बेन्जामाले आफुलाई अर्को आफु खेल्न पाउने देशबाट खेल्न दिन आग्रह गरेका हुन् ।

रियल म्याड्रिडका अहिले प्रमुख खेलाडी रहेका बेन्जमा २०१५ देखि यता फ्रान्सको राष्ट्रिय टिममा खेलेका छैनन् । फ्रान्सका लागि बेन्जामाले अहिलेसम्म ८१ खेल खेल्दै २७ गोल गरेका छन् ।

फ्रान्स फुटबल फेडेरेशनका अध्यक्ष नोएल ला ग्राएटले बेन्जमाले रियल म्याड्रिडमा राम्रो फुटबल खेलेपनि फ्रान्सबाट उनको क्यारियर सकिएको बताएका थिए ।

अध्यक्षलाई जवाफ दिदै बेन्जमाले मेरो क्यारियर सकिएको घोषणा गर्ने अधिकार आफुलाई मात्र भएको बताउदै उनले आफु खेल्न पाउने देशबाट खेल्न सक्ने संकेत गरे । बेन्जामाकी आमा फ्रेन्च हुन् भने बाबु अल्जेरियाबाट फ्रान्स बसाई सरेका हुन् । 

बेन्जमाले अध्यक्षलाई जवाफ दिदै भनेका छन्,'यदि तिमीले मलाई सकियो भनेर भन्छौ भने मलाई म खेल्न मिल्ने देशमा खेल्न देउ अनि हेरौला ।' 

रियल म्याड्रिडमा गत सिजन ३० गोल गरेका बेन्जमाले यस सिजनमा ११ गोल गरिसकेका छन् । रियलमा २००९-१० सिजनदेखि खेलिरहेका बेन्जमाले अहिलेसम्म ४८० खेलमा २३३ गोल गरेका छन् । 
 
 

सम्बन्धित समाचार

रसियालाई चार बर्ष अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध, ओलम्पिक र विश्वकप गुमाउने 

काठमाडौँ । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रसियालाई चार बर्षका लागि सबै खाले अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको छ । वाडाको यो प्रतिबन्धपछि रसिया २०२० को ओलम्पिक र २०२२ को विश्वकप फुटबल

इस्पानयोलमाथि रियल म्याड्रिडको सहज जित, शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पानयोललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा राफेल भराने र क्रिम

डिपोर्टिभोलाई पराजित गर्दै रियल म्याड्रिड शिर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस र

इडेन हजार्ड घाइते

काठमाडौँ । रियल म्याड्रिडका बेल्जियम स्टार इडेन हजार्ड घाइते भएका छन् । गएराती सम्पन्न पिएसजीविरुद्धको खेलमा हजार्डको एन्कल इन्जुरीपछि खेलको ६९औ मिनेटमा मैदान छोडेका थिए । २-० को अग्रता लिएको रियल


z