इरानमा पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणाको विरोधमा प्रदर्शन

खरीबोट

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।

इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रदर्शनका क्रममा अरु केही घाइते पनि भएको जनाएको छ। अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थ व्यवस्था संकटमा छ।

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरीद गर्दा ५० प्रतिशत र सोभन्दा बढी पेट्रोल खरिद गर्दा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेको छ।

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए।

रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए, तर सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो।

आगामी फेब्रुअरीमा संसदीय निर्वाचन हुने तय भइसकेका बेला यो मूल्यवृद्धि गरिएको हो।

सम्बन्धित समाचार

इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा

तेहरान, इरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब

इरानमा अहिलेसम्म सात हजार प्रदर्शनकारी पक्राउ

जेनेभा । इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै

इरानको नयाँ व्यापारका प्रणालीमा छ युरोपेली राष्ट्र सहभागी

पेरिस । फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छ वटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन्। हाल फ्रान्स, बेलायत र जर्मनीले इरानसँगको व्यापारका लागि वस्तु–विनियम

इरानमा महङ्गी विरुद्ध प्रदर्शन

तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसको विरोधमा प्रदर्शन शुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा


z