अमेरिका गोलीकाण्ड : पाँचको मृत्यु

खरीबोट

लस एन्जेलस । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ।

मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ। उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ।

स्थानीय समयानुसार शनिबार विहान ६:४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ।

मृत्यु भएका मध्ये एक जना तीन वर्षे बालक, एक जना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। अर्का ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ। घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ।

प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन्।
 

सम्बन्धित समाचार

नवाज शरीफलाई उपचारका लागि अमेरिका लैजान चिकित्सकको सुझाब

लाहोर, पाकिस्तान । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि अमेरिका लान उनको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन्

स्टिल, आल्मुनियम सम्बन्धी अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार

मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएको छ। उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति

निःशस्त्रीकरण सम्बन्धी वार्तामा अमेरिका र उत्तर कोरियाबीच अझै असहमति

सोल। संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित

'हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह


z