बीमा क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

खरीबोट

काठमाडौं । आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो ।

आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको साथै यस अवसर प्रदान गर्ने आन्तिरिक राजस्व विभागप्रति कृतज्ञता व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको छ ।’

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

सम्बन्धित समाचार

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

नुवाकोट । दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।  बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी

कर्णालीमा मानसिक रोगीको सङ्ख्या बढ्दो

सुर्खेत । पछिल्लो समयमा नेपालमा मानसिक रोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक हुने गरेका छन् । कर्णाली प्रदेशमा पनि यो रोगीको सङ्ख्यामा कमी छैन ।  नागरिकमा मानसिक रोग बढ्दै जाँदा

जीपले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

धम्बोझी । बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जीपको ठक्करबाट बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० बस्ने राजेन्द्र

लक्ष्मी बैंकको एनिमेटेड भाइबर–स्टिकर प्याकको शुभारम्भ

काठमाडौं । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली


z