देशलाई समृद्ध बनाउन नेकपा बाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ

खरीबोट

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् । 

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने बताए । 

उनले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्ने बताए ।  

उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भने, “नेपालको कालापानी लगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।” नेकपाको सरकारले स्पष्टरुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको चर्चा गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सदैवसँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो कार्यक्रममा प्रदेश नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद रामेश्वर फुयाँल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजालगायतको सहभागिता थिए ।
 

सम्बन्धित समाचार

सचिवालय बैठक अघि प्रचण्ड निवासमा शिर्ष नेताहरुको छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवासमा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बरिष्ठ

म शक्तिशाली संस्थामा रहन चाहन्छु – बामदेव गौतम

काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् ।

सीमा विवाद : नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

काठमाडौँ । छिमेकी मुलुक भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा गम्भीर हुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन


z