सत्य निरुपण आयोगका पदाधिकारीको नाम सोमबार सिफारिश हुने 

खरीबोट

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ । 

दुवै आयोगमा पदाधिकारीहरुमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरु पनि रहेको उहाँको भनाइ थियो । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन । अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ ।

दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ ।
 

सम्बन्धित समाचार

द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको

सत्य निरुपण आयोगका पदाधिकारीको नाम सोमबार सिफारिश हुने 

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । समितिका सदस्य शर्मीला

जनार्दन शर्माको प्रश्न- सत्य निरुपण आयोग गठनमा किन वेवास्ता ?

काठमाडौँ । प्रतिनिधिण्सभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन  ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम

सत्य निरुपण आयोगका चार वर्षको कामः देखिएन परिणाम

काठमाडौँ । दशवर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महीनामा पनि काम पूरा गर्न सकेनन् ।


z