टी-१० लिग : पारसको टिम आबु धाबी विजयी

खरीबोट

काठमाडौँ । आबु धाबीमा जारी टी-१० लिग अन्तर्गत टीम आबु धाबीले जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा टीम आबु धाबीले नर्दर्न वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।

नर्दर्न वारियर्सले दिएको ९३ रन पछाएको आबु धाबीले ८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

टीम आबु धाबीको जितमा लुका राइटले ४८ रन बनाए भने कप्तान मोइन अलीले ३० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नर्दर्न वारियर्सले १० ओभरमा एक विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

नर्दर्न वारियर्सका लागि आन्द्रे रसेलले ३७ रन बनाए भने साम ब्लिंग्सले ३५ रन बनाए । त्यस्तै डारेन सामीले १७ रन बनाए ।

नेपाली राष्ट्रिय टिमका पुर्वकप्तान पारस खड्काले यस खेलमा अविजित एक रन बनाएका थिए ।

टीम आबु धाबीको पहिलो खेल टाई भएको भए पनि दोस्रो खेलमा भने सहज जित हासिल गरेको छ ।       
 

सम्बन्धित समाचार

मराठा अरेबियन्सले जित्यो टी-१० लिगको उपाधि  

काठमाडौँ । आबु धाबीमा समपन्न टी-१० लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा मराठाले डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको हो । डेक्कनले दिएको ८८ रनको लक्ष्य पछाएको

मराठा र डेक्कन टी-१० लिगको फाइनलमा  

काठमाडौँ । आबुधाबीमा जारी टी-१० लिगको फाइनल खेल मराठा अरेबियन्स र डेक्कन ग्लाडीयटर्सबीच हुने भएको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा डेक्कनले क्वालन्दर्सलाई १२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो

मराठा अरेबियन्स टी-१० लिगको फाइनलमा

काठमाडौँ । मराठा अरेबियन्स जारी टी-१० लिगको फाइनलमा पुगेको छ । शनिबार सम्पन्न पहिलो क्वालिफायर खेलमा मराठाले क्वालन्दर्सलाई ७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । मराठाले दिएको १२० रनको लक्ष्य पछाएको

पारस र सन्दीपको टिम टी-१० लिगको प्लेअफमा पुग्न असफल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने दुवैका टिम जारी टी-१० लिगको लिग चरणबाट बाहिरिएका छन् । युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत पारसको टीम


z