• २०८१ बैशाख ८ शनिबार

टी-१० लिग : पारसको टिम आबु धाबी विजयी

kharibot

काठमाडौँ । आबु धाबीमा जारी टी-१० लिग अन्तर्गत टीम आबु धाबीले जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा टीम आबु धाबीले नर्दर्न वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।

नर्दर्न वारियर्सले दिएको ९३ रन पछाएको आबु धाबीले ८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

टीम आबु धाबीको जितमा लुका राइटले ४८ रन बनाए भने कप्तान मोइन अलीले ३० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नर्दर्न वारियर्सले १० ओभरमा एक विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

नर्दर्न वारियर्सका लागि आन्द्रे रसेलले ३७ रन बनाए भने साम ब्लिंग्सले ३५ रन बनाए । त्यस्तै डारेन सामीले १७ रन बनाए ।

नेपाली राष्ट्रिय टिमका पुर्वकप्तान पारस खड्काले यस खेलमा अविजित एक रन बनाएका थिए ।

टीम आबु धाबीको पहिलो खेल टाई भएको भए पनि दोस्रो खेलमा भने सहज जित हासिल गरेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै