काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
प्रवास समन्वय कमिटिको इञ्चार्जमा विन्दा पाण्डेलाइ बनाएको छ बहने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ ।
त्यस्तै बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने बारे समेत छलफल भएको छ । बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्न विषयको निर्णय लिने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
सम्भवत: प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदको पुनर्गठन गर्ने बताइएको छ । बालुवाटार स्रोतका अनुसार कम्तिमा १० मन्त्री परिवर्तन हुने बताइएको छ ।
पुराना कुन मन्त्री जाने र नयाँ को को आउने भन्ने बारेमा छलफल नभएको बैठकमा सहभागी एक सदस्यले खरीबोटलाई जानकारी दिए ।