• २०८१ बैशाख ११ मंगलबार

सन्दीपको उत्कृष्ट बलिङका बाबजुद हार्यो कर्नाटका

kharibot

काठमाडौं । सन्दीप लामिछानेले टी-१० लिगमा आजको खेलमा २ विकेट लिएका छन् ।

बंगला टाइगर्सविरुद्धको खेलमा सन्दीपले २ विकेट लिएका हुन् । सन्दीपले २ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिएका हुन् । सन्दीपले ४० रन बनाएका आन्द्रे फ्लेचर र थिसरा परेरालाई आउट गरेका हुन् ।

सन्दीपकै ओभरमा एक विकेट रन आउटका रुपमा गएको थियो ।

सन्दीपले उत्कृष्ट बलिङ गरेपनि सन्दीपको टिम कर्नाटका टुस्कर्स भने बंगला टाइगर्ससँग पराजित भएको छ । कर्नाटकाले दिएको ११५ रनको लक्ष्य पछाएको बंगला टाइगर्सले ८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै