• २०८१ बैशाख १२ बुधबार

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा अफगानिस्तानको कब्जा

kharibot

काठमाडौं । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले जितेको हो ।

अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य पछाएको वेस्टइन्डिज २० ओभरमा ७ विकेट गुमाउदै १२७ रन मात्र बनाएपछि खेल २९ रनले हारेको थियो ।

वेस्टइन्डिजलाई रोक्न अफगानिस्तानका बलरहरुले किफायती बलिङ गरेका थिए । वेस्टइन्डिजका लागि नवीन उल हकले ३ विकेट लिए भने मुजीब उर रहमानम करिम जनत गुलबदीन नैब र रशिद खानले एक एक विकेट लिएका थिए ।

वेस्टइन्डिजका लागि साइ होपले सर्वाधिक ५२ रन बनाए भने एविन लुइसले २४ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रामनुल्लाह गुरबाजले सर्वाधिक ७९ रन बनाएका थिए । त्यस्तै अस्घर अफगानले २४, मोहमद नाबीले १५ र नाजिबुल्लाह जर्दानले १४ रन बनाएका थिए ।

वेस्टइन्डिजका लागि शेल्डन कोट्रेल, केसरिक विलियम्स र किमो पाउलले २-२ विकेट लिएका थिए ।

सिरिज जितेसँगै अफगानिस्तानका करिम जनत प्लेयर अफ द सिरिज भएका छन् भने राह्मनुल्लाह गुरबाज प्लेयर अफ द म्याच बनेका थिए ।

अब वेस्टइन्डिज र अफगानिस्तानले सिरिजको एक मात्र टेस्ट २७ नोभेम्बरबाट खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै