धेरै गोल गरेर जितेको भन्दै क्लबले कोचलाई हटायो 

खरीबोट

काठमाडौँ । फुटबलमा कहिलेकाही रोचक घटना घट्ने गर्दछन् । जितका लागि खेलिने खेलमा कहिले ठुलो जितपनि आफैविरुद्ध जाने गर्दछ ।

इटालीमा यस्तै रोचक घटना घटेको छ । इएसपीएनका अनुसार इटालीको अन्डर १८ टिमको क्लब फुटबलमा इनभिक्टासाउरोले अर्को क्लब मारिना काल्सिओलाई २७-० ले पराजित गरेपछि क्लबले विजयी टिमका कोचलाई बर्खास्त गरेको छ ।

कोच मासिमिलिआनो रिसिनीलाई क्लबले प्रतिद्वन्दीको सम्मान नगरेको र प्रतिद्वन्दीविरुद्ध धेरै गोल गरेको भन्दै हटाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

क्लबका स्पोर्ट्स निर्देशक टिबेरियो प्राटेसीले आफ्नो टिमले प्रतिद्वन्दीको सम्मान नगरेको बताएका छन् । 

इनभिक्टासाउरोका एक खेलाडीले ७ गोल गरेका थिए भने २ खेलाडीले ६-६ गोल गरेका थिए । क्लबका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै खेलको नतिजाबाट आफुहरु दुखि भएको भन्दै यस्तो नतिजाले युवा फुटबलको मान्यतालाई यस्तो नतिजाले असर गर्ने उल्लेख गरेको छ ।

उनले प्रतिद्वन्दी क्लबसँग माफी माग्दै क्लबले कोचलाई हटाउने निर्णय गरेको जानकारी दिएको छन् ।      
 

सम्बन्धित समाचार

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

काठमाडौँ । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो। अखिल नेपाल फुटबल

भुटानमाथि नेपालको शानदार जित : साग फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत नेपालले स्वर्ण पदक जितेको छ ।  सागको अन्तिम दिन नेपालले भुटानलाई फाइनलमा २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक

साग फुटबल फाइनल : सुनिल बलको गोलमा नेपालद्वारा २-१ को अग्रता

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत अगिले नेपाल र भुटानबीच फाइनल खेल भइरहेको छ । अहिले पहिलो हाफसम्मको खेलमा नेपालले भुटानमाथि २-१ ले अग्रता लिएको छ

साग फुटबल फाइनल : अभिषेकको गोलमा नेपाल १-० ले अगाडी 

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत अगिले नेपाल र भुटानबीच फाइनल खेल भइरहेको छ । अहिले नेपालले खेलको १७औ मिनेटमा १-० गोलको अग्रता लिएको छ ।


z