• २०८१ बैशाख ७ शुक्रबार

धेरै गोल गरेर जितेको भन्दै क्लबले कोचलाई हटायो 

kharibot

काठमाडौँ । फुटबलमा कहिलेकाही रोचक घटना घट्ने गर्दछन् । जितका लागि खेलिने खेलमा कहिले ठुलो जितपनि आफैविरुद्ध जाने गर्दछ ।

इटालीमा यस्तै रोचक घटना घटेको छ । इएसपीएनका अनुसार इटालीको अन्डर १८ टिमको क्लब फुटबलमा इनभिक्टासाउरोले अर्को क्लब मारिना काल्सिओलाई २७-० ले पराजित गरेपछि क्लबले विजयी टिमका कोचलाई बर्खास्त गरेको छ ।

कोच मासिमिलिआनो रिसिनीलाई क्लबले प्रतिद्वन्दीको सम्मान नगरेको र प्रतिद्वन्दीविरुद्ध धेरै गोल गरेको भन्दै हटाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

क्लबका स्पोर्ट्स निर्देशक टिबेरियो प्राटेसीले आफ्नो टिमले प्रतिद्वन्दीको सम्मान नगरेको बताएका छन् । 

इनभिक्टासाउरोका एक खेलाडीले ७ गोल गरेका थिए भने २ खेलाडीले ६-६ गोल गरेका थिए । क्लबका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै खेलको नतिजाबाट आफुहरु दुखि भएको भन्दै यस्तो नतिजाले युवा फुटबलको मान्यतालाई यस्तो नतिजाले असर गर्ने उल्लेख गरेको छ ।

उनले प्रतिद्वन्दी क्लबसँग माफी माग्दै क्लबले कोचलाई हटाउने निर्णय गरेको जानकारी दिएको छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै