• २०८१ बैशाख ७ शुक्रबार

अमिताभको फिल्मबाट निकालिइन् कृति !

kharibot

मुम्बई । बलिवुड अभिनेत्री कृति खरबंदा अहिले एकपछि अर्को सफल फिल्ममा काम गरिरहेकी छन् । हालै रिलि भएको फिल्म हाउसफुलपछि अहिले फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त रहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार कृतिलाई अमिताभ बच्चनको फिल्मबाट बाहिर निकालिएको छ । अमिताभ र इमरान हासमीको फिल्म चेहेरेबाट कृतिलाई बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फिल्मको पहिलो भागको शुटिंग गरेपछि कृतिलाई उनको व्यबहारका कारण निकालिएको बताइएको छ । फिल्मका निर्देशक रुमी जाफरीसँग समेत विवाद भएको र उनले समयमा शुटिंगमा नाउने र अनेकौ माग गर्न थालेपछि उनलाई फिल्मका निर्माताले निकालेको बताइएको छ ।

२०२० को अप्रिल मा रिलिज हुने यस फिल्मका लागि अब नयाँ हिरोइनको खोजि भैरहेको बताइएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै