• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री-ए को उदघाटन

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन्।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’ बाट स्वीच थिचेर गरेका हुन्।

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन्।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो।

सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ। यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै