• २०८१ बैशाख १३ बिहीबार

के हुन्छ गर्भवतीले मोबाइल धेरै चलाए?

kharibot

गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन हेर्नाले आँखालाई असर गर्ने तथा पेटमा भएको बच्चाको  व्यवहारमा समेत असर पर्न सक्छ।

स्मार्टफोन अहिले दैनिक जिन्दगीको महत्वपुर्ण भाग बनिसक्यो जसलाई चाहेर पनि मनिसहरु छुटकारा पाउन सक्दैनन्। मोबाइल बिना आफ्नो लाइफ कल्पना गर्न पनि शायद मुश्किल भइसक्यो।

साना बच्चा देखि लिएर टीनएजर्स तथा बुढासम्म सबैको हातमा जहिले पनि स्मार्टफोन बोकेका हुन्छन् र धेरै मान्छेलाई यसको बानि परिसकेको छ। तिनीहरुमध्य गर्भवती महिला पनि पर्छन्, मोबाइल फोन बढी प्रयोग गर्नाले आमामा मात्र नभएर गर्भमा रहेको बच्चालाई समेत नकारात्मक असर पर्न सक्छ।

मोबाइल फोनको स्क्रीनबाट निस्किने ब्राइट ब्लू लाइट लामो समय सम्म हेर्दा आँखाको हेर्ने शक्ति कमजोर हुने एउटा अनुसन्धानबाट पत्ता लागेको छ। गर्भवती महिलाले  लामो समय सम्म मोबाइल फोन प्रयोग गर्दा बच्चामा   बिहेवियर सम्बन्धि खतरा हुने पाइएको छ।

हाइपरऐक्टिभिटी र बिहेवियरल इश्युको शिकार

डेनमार्कको वैज्ञानिकले एक अनुसन्धान गरेका थिए, प्रसव पूर्व र प्रसव पछि मोबाइल फोन यूज गरेको बच्चाको  व्यवहार र त्यससंग जोडिएको समस्याको बीच हुने लिंक जान्न कोशिश गरेका थिए।

उक्त स्टडीमा सात वर्षको बच्चा भएका मोबाइल प्रयोग गर्ने महिलाहरुलाई सहभागी गरिएको थियो। अनुसन्धानको क्रममा महिलाहरुलाई एउटा क्वेश्चेनेयर दिएको थियो, जसमा आफ्नो बच्चाको हेल्थ र बिहेवियरको साथै आफुले कति फोन प्रयोग गर्छन पनि भर्न पर्ने थियो। अनुसन्धानको अन्तिममा जुन महिलाको बच्चा प्रसव पूर्व र प्रसव पछि स्मार्टफोनमा एक्सपोज थिए मतलब गर्भवती हुँदा र डिलिभरि पछि पनि मोबाइल धेरै प्रयोग गर्दथे उनका बच्चा हाइपरऐक्टिविटी र बिहेवियरल इशूजको शिकार थिए।

गर्भवती हुँदा ध्यान दिनुपर्ने कुराहरु 

- मोबाइल फोन धेरै प्रयोग गर्नुको विकल्पमा टेक्स्ट मेसेज पठाउने वा ल्यान्डलाइनको प्रयोग गर्ने, 

- गर्भवती हुँदा धेरै सोसियल मिडिया स्क्रोल नगर्ने, 

- सम्भव भए सम्म ह्यानड्स फ्री किट यूज गर्ने त्यसले टाउको र शरीरको नजिक रेडीएशन कम गर्न सकिन्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै