• २०८१ बैशाख ११ मंगलबार

नेप्सेमा गिरावट जारी,आठ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए

kharibot

काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा झिनो अंकले गिरावट आएको छ।

आज नेप्से शुन्य दसमलव २४ अंकले घटेर ११ सय ३१ दसमलव १२ बिन्दुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ५३ अंकले घटेर दुई सय ४८ दसमलव ६० बिन्दुमा झरेको छ।

एक सय ६० वटा कम्पनीहरुको चार हजार नौ सय ५७ वटा कारोवारमा ११ लाख ८८ हजार आठ सय ४५ कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३५ करोड ६८ लाख ६१ हजार आठ सय ५७ रुपैयाँ पुगेको छ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक बढेपनि चार वटा समुहको सुचक भने घटेकाछन्। जस मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव एक अंकले बढेर एक हजार ४१ दसमलव ६६ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक शुन्य दसमलव शुन्य आठ अंकले बढेर १५ सय ४३ दसमलव ३२ बिन्दुमा चढेको छ।

निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र लघुबित्त समुहको सुचक पनि बढेकाछन्। जलबिद्युत समुहको सुचक भने आज पाँच दसमलव ८९ अंकले घटेर नौ सय २१ दसमलव १० बिन्दुमा झरेको छ। यसैगरी उत्पादनमुलक अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन्।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९३ पैसाले बढेर ११ सय ४० रुपैयाँमा कारोवार भएको  छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ४० पैसाले घटेर ७० रुपैयाँमा कारोवार भएको छ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय २० रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँको सेयर कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै