• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा गिरावट जारी : कमाउने र गुमाउने समुह बराबर 

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्सेमा गिरावट आएको छ।

नेप्से आज एक दसमलव १४ अंकले घटेर ११ सय २९ दसमलव ९९ बिन्दुुमा झर्र्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ३१ अंकले बढेर दुई सय ४८ दसमलव ९१ बिन्दुमा चढेको छ।

एक सय ६३ कम्पनीहरुको चार हजार दुई सय ४७ वटा कारोवारमा १० लाख १६ हजार ४० कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम २५ करोड ९३ लाख ३० हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ। 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा कमाउने र गुमाउने समुह बराबर देखिएकाछन्। ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ६२ अंकले घटेर एक हजार ४० दसमलव चार बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक एक दसमलव ६२ अंकले घटेर नौ सय १९ दसमलव ४८ बिन्दुमा झरेको छ।

निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव ७१ अंकले घटेर चार हजार एक सय ११ बिन्दुमा झरेको छ। आज जीवन बीमा, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेकाछन्।

बिकास बैंक समुहको सुचक भने आज दुई अंकले बढेर १५ सय ४५ दसमलव ३३ बिन्दुमा चढेको छ। होटल,ट्रेडिङ, अन्य, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक भने भने बढेकाछन्। 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १२ सय ५४ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिन्धु बिकास बैकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ९३ पैसाले घटेर एक सय १६ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८४ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड २० लाख ४८ हजार ५२ रुपैयाँको कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै