• २०८१ बैशाख ५ बुधबार

भारतीय प्रधानमन्त्रीद्धारा युएइका राष्ट्रपतिलाई समवेदना व्यक्त

kharibot

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गरेका हुन्।

युएइको राजनीतिक परिवारका सदस्य अल नाहयाको सोमबार निधन भएको थियो। “ उहाँ र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

उनले परिवारजनमा परेको यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउन भनी प्रार्थना गरेको पनि उल्लेख गरिएको छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै