• २०८१ बैशाख ८ शनिबार

रजनीकान्त र अक्षयकुमारको फिल्म २.० अप्रिलमा मात्रै आउने

kharibot

मुम्बई । तामिलनाडु राज्यका जनताले भगवानकै स्वरुप मान्ने  अभिनेता रजनीकान्त र अक्षयकुमारको फिल्म २.० नयाँवर्षमा नआउने भएको छ ।

उक्त फिल्म अप्रिलमा मात्रै रिलिज हुने भएको भारतीय मिडियाले जनाएका छन् । तर अब अक्षय कुमारको फिल्म प्याडमेनचाहिँ भारतको गणतन्त्र दिवसका दिन हलहरुमा लाग्ने भएको छ ।

रजनीकान्त, अक्षय कुमार र एमी जैक्सन रहेको फिल्म २.० अब २५ जनवरी २०१८को सट्टा २०१८ अप्रिल १३ का दिन रिरिज हुने बताइएको छ ।  गत अप्रिल महिनाको २८ तारिखका दिन प्रदर्शनमा आएको बाहुबली २ ले पूरा संसारभर बक्स अफिसमा १७०० करोड रुपैयाभन्दा बढी कमाएको थियो ।

यो फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म रोबोटको दोस्रो भाग हो। यो फिल्मको निर्देशन शंकरले गरिरहेका छन् भने यसमा रज्नीकान्त र अक्षय कुमार एकसाथ देखिनेछन् । यो फिल्म तिहारमै प्रदर्शनमा आउने भनिए पनि पछि मिति सारिएको थियो ।

चर्चामा रहेका फिल्महरुको मिति सारिनुको फाइदा भने यो वर्ष अक्षय कुमारले उठाउने भएका छन् । उनले आफू अभिनीत चलचित्र प्याडम्यानलाई आगामी गणतन्त्र दिवसका दिन जनवरी २६ मा रिलीज गर्ने निर्णय गरेका छन् ।

अक्षयले ट्वीटरमा लेखेका छन् ‘एक हिरोका कथा लिएर आउँदै छु प्याडम्यान, गणतन्त्र दिवस २६ जनवरी २०१८ मा रिलीज हुनेछ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै