• २०८१ बैशाख ८ शनिबार

रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

kharibot

फाइल तस्विर

चितवन । त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ।

पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो। क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो।

तीमध्ये छ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन्। नियमितले पाँच वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ। यो त्रिविको इञ्जिनीयरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो। 

यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौँको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ।

रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इञ्जिनीयरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन्। पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए। 

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गरिएको हो। रामपुरमा त्रिविले खेलकूदका लागि बनाएको पुरानो भवनमा क्याम्पस शुरु गरिएको हो। रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै