• २०८१ बैशाख १३ बिहीबार

लुइस इनरिक स्पेनको मुख्य प्रशिक्षकमा फर्किए

kharibot

काठमाडौँ । बार्सिलोना र स्पेनका पुर्व कोच लुइस इनरिक स्पेनको राष्ट्रिय फुटबल टिमको कोचमा फर्किएका छन् ।

इनरिकले गत जुलाईमा आफ्नी ९ बर्षिय छोरीलाई क्यान्सर भएपछि स्पेनको कोचबाट राजीनामा दिएका थिए । इनरिककी छोरीको गत सेप्टेम्बरमा क्यान्सरकै कारण निधन भएको थियो ।  

इनरिककी छोरी जाना बोन क्यान्सरबाट पिडित थिइन् ।

इनरिकले छोरीको स्वास्थ्यमा समस्या आएपछि स्पेनको कोचको जिम्मेवार गत जुनमा छोडेका थिए । त्यस अघि इनरिकले गत मार्चदेखि नै बिदा लिएका थिए । इनरिक २०१८ को जुलाई देखि स्पेनको मुख्य प्रशिक्षकमा रहेका थिए ।

हाल युरोकप छनौट अन्तर्गतको समुह एफमा स्पेनले १० खेलमा २६ अंक हासिल गर्दै युरोकपमा समुहबाट शिर्ष स्थानमा रहदै छनौट भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै