• २०८१ बैशाख ८ शनिबार

टिम आबु धाबीको दोस्रो हार, पारस प्लेइङ एघारमा परेनन्  

kharibot

काठमाडौँ । जारी टी-१० लिगमा पारस खड्काको टिम आबु धाबी पराजित भएको छ । गएराती सम्पन्न खेलमा टिम आबु धाबी बंगला टाइगर्ससँग २७ रनले पराजित भएको हो ।

बंगला टाइगर्सले दिएको १३० रनको लक्ष्य पछाएको आबु धाबीले १० ओभरमा ६ विकेट गुमाउदै १०२ रन मात्र बनाएपछि खेल २७ रनले गुमाएको हो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै बंगला टाइगर्सले १० ओभरमा ३ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

नेपाली पुर्व कप्तान पारस खड्कालाई भने लगातार दोस्रो पटक प्लेइङ एघारमा ठाउ दिइएको थिएन । पारसले यस अघि लगातार दुई खेलमा खेले पनि धेरै बेर खेल्ने अवसर भने पाएनन् । पहिलो खेलमा ३ रन बनाएका पारसले दोस्रो खेलमा एक रन बनाएका थिए ।

यो हारपछि टिम आबु धाबीको ४ खेलमा केवल ३ अंक रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै