• २०८१ बैशाख १३ बिहीबार

टोटनह्यामद्वारा मुख्य प्रशिक्षक पोचेट्टीनोलाई बर्खास्त

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ ।

४७ बर्षिय अर्जेन्टिनी म्यानेजर पोचेट्टीनोलाई क्लबको यस सिजनमा खराब प्रदर्शनपछि हटाइएको हो ।

क्लबका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै क्लबको यस सिजनको शुरुवाती परिणाम निराशाजनक रहेको भन्दै क्लब व्यवस्थापनले कडा निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

पोचेट्टीनो सन् २०१४ को मे २७ देखि टोटनह्यामको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा टोटनह्यामले २९३ खेल खेलेको छ भने १५९ जित, ७२ हार र ६२ खेल बराबरीमा सकिएका छन् ।

उनको नेतृत्वमा टोटनह्याम गत सिजनको च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

यस सिजनको प्रिमियर लिगमा टोटनह्याम १२ खेलमा ३ जित ५ बराबरी र ४ हारसहित १४ अंक बटुलेर अंक तालिकामा १४औ स्थानमा रहेको छ ।

अब टोटनह्याम म्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक जोसे मोरिन्हो आउने चर्चा चलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै